चन्द्रागिरि हिल्सको सेयर मूल्यमा उच्च उतारचढाव

काठमाडौं । चन्द्रागिरि हिल्सको सेयर मूल्यमा मंगलबार उच्च उतारचढाव देखिएको छ । कम्पनीको मूल्यमा एकै दिन प्रतिकित्ता १५३.१ रुपैयाँ अर्थात् १९ प्रतिशत उतारचढाव देखिएको छ ।

विशेषतः संस्थापक समूह र प्रभावित स्थानीयले पाएको यस कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिएसँगै मंगलबारदेखि कारोबार फुकुवा भएको हो । जसले गर्दा कम्पनीको मूल्य घट्न सक्ने धेरैको अनुमान थियो । कारोबार भइरहँदा कम्पनीले सो संकेत पनि देखाएको थियो ।

अघिल्लो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँमा बन्द भएको थियो । मंगलबार कारोबार हुँदा कम्पनीको मूल्य ७९६ रुपैयाँ २० पैसासम्म झर्‍यो । अन्ततः बजार बन्द हुँदा भने कम्पनीको मूल्य प्रतिकित्ता ९४९ रुपैयाँ ३० पैसामा पुग्यो । जुन मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढी हो ।

कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, प्रभावित स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिएको छ ।

कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर कारोबारका लागि मंगलबारदेखि फुकुवा भएको हो । लकइन अवधि सकिएपछि साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार गर्न सकिन्छ । कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने