घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी बिक्रीमा

काठमाडौं । घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आएको छ । मंगलबारदेखि इच्छुक सर्वसाधारणले सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

यसअघि १ बराबर २ अनुपातमा जारी भएको हकप्रद सेयर निष्कासनका बेला सम्पूर्ण कित्ताका लागि आवेदन नपरेपछि लिलामी बिक्री खुलाइएको बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ तोकेर माघ २३ गतेसम्म गोप्य शिलबन्दी आवेदन दिन सकिनेछ । क्यापिटलको कार्यालय नक्साल तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा दोस्रो बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने