कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउन जापानसँग ३१ अर्ब ऋण लिइने

काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँबराबर ऋण लिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन ९करिब ३१ अर्ब २ करोड रुपैयाँ० बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।

कोटेश्वर क्षेत्रमा बन्ने संरचनाको सम्भाव्यता अध्ययनको काम जापानी सहयोग नियोग जाइकाले गरिसकेको छ ।

योजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोकसम्म फ्लाइओभर निर्माण योजना छ ।

आर्थिक वर्ष २०७४/७५ बाट यो योजनालाई बजेट तथा कार्यक्रममा राख्दै आएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने