आज पनि सुनको मूल्य स्थिर, यस्तो छ चाँदीको भाऊ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

यसैगरी आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबार र सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ । हिजो तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।
 

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?