आज पनि घट्यो सेयर बजार, ४ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं । मंगलबार सेयर सामान्य अंकले मात्रै घटेको छ । उक्त दिन बजार शून्य दशमलव ४० अंकले मात्रै घटेको छ । यद्यपि, लगातार तीन दिनदेखि बजार घटीरहेको छ ।

आज बजार परिसूचक २०९८ दशमलव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन डेभलपमेन्ट बैंक समूह ३.११ अंक, फाइनान्स ५.०२ अंक, होटेल तथा पर्यटन २५६.८३, लगानीस समूह ०.२९, निर्जीवन बीमा ८०.४७ र अन्य समूह अन्तर्गतको इन्डेक्स वृद्धि भएको छ । यी बाहेकका वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा लगायतका समूह घटेको छ ।

उक्त दिन कारोबार रकम पनि घट्को छ । आज ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज पनि कम्पनीको सर्वाधिक ५५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा भने अपि पावर छ । उक्त दिन कम्पनीको १८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने