यस्तो छ सोमबार सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदी प्रति तोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी प्रति तोला सोही मूल्यमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?