मलेसियाको निजी कम्पनीसँग भएको सम्झौता कार्यान्वयन नहुने

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।

बोर्डले विज्ञप्ति निकालेर सम्झौता तत्कालका लागि कार्यान्वयन नहुने जनाएको हो । यसअघि बोर्डले नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै रोजगारदातासँग प्रतिकामदार ४५ डलर थप उठाउने गरी मलेसियाको निजी कम्पनीसँग सम्झौता गरेको थियो ।

मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्धारलगायतका कल्याणकारी काम गर्ने भन्दै सम्झौता भएपछि अन्ततः यसले श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भइरहेको थियो ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला