ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणाले बढ्यो

काठमाडौं । ज्योति विकास बैंकले नाफामा आकर्षक बढोत्तरी गरेको छ । बैंकको नाफा झण्डै तीन गुणा बढेको छ । बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको नाफा २।९० गुणाले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भने बैंकको खुद नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।

विशेषगरि बैंकको संचालल नाफामा आएको बढोत्तरीले नै खुद नाफामा छलाङ मारेको हो । सो अवधिमा बैंकको संचाल नाफा १९६।७३ प्रतिशत अर्थात् ४ करोड ९६ लाख रुपैयाँबाट बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्य अर्थात् २।३६ प्रतिशतको गिरावट देखिएको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब १२ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा कोषको आधार पनि २२।८६ प्रतिशत बढेर १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने बढेर ४।८६ प्रतिशत पुगेको छ ।

यता, बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाा ९७ पैसाले बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १३३ कायम भएको छ । सो अवधिमा बैंकले ६० अर्ब २२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो