फेरि बढ्यो सुनको मूल्य, कतिका हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २९अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो