आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा थियो।

आज युरोपियन युरोको भाउ पनि घटेको छ। युरो एकको खरिदमा आइतबार १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा पाइन्छ। शुक्रबार युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।

आज अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने बढेको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा तोकिएको थियो। क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा पाइन्थ्यो।

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८५ पैसा र, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा भने आज ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले आइतबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा आज ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा भने ४३० रूपैयाँ ८० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७५ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर आइतबारको लागि ३५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४१ पैसा तोकिएको छ।

शुक्रबारको तुलनामा दिनारको भाउ घटेको हो। शुक्रबार कुवेती दिनार एकको खरिदखर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा तोकिएको थियो। बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको थियो।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने