सुदूरपश्चिम महोत्सवमा एक लाख ४० हजारका नक्कली टिकट फेला

कैलाली । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ। प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री हुँदै गरेको भेटिएको महोत्सव आयोजक समितिले जनाएको छ ।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य सङ्घका अनुसार २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ।

२८ मध्ये २ ठेली पूर्ण रुपमा काटिएको र अन्यमा केही काटिएको केही नकाटिएको भेटिएको कोषाध्यक्ष हेमराज भण्डारीले जानकारी दिए ।

यस बिषयमा आन्तरिक छानबिन भइरहेको उनले बताए ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो