नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड भएको छ ।

यस्तै सञ्चालन नाफा २२.७८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ७० लाख २२ हजार रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.५ प्रतिशत छ। गत आवको सोही अवधिमा यो ३.११ प्रतिशत थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने