रिलायबल नेपाल लाइफले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको साधारणसभा यही माघ २९ गते बस्दैछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । माघ १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह