यी तीन घण्टा विमानस्थल प्रयोग गर्दा एयरलाइन्सले डेढ लाख तिर्नुपर्ने

काठमाडौं । अब एयरलाइन्सहरूले विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै यस्तो शुल्कबारे जानकारी गराएको हो ।

कार्यालयका अनुसार आन्तरिक उडानमा अब रातको १ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई विस्तारित समय तोकिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा रातीको ३ बजेदेखि बिहान ६ बजेसम्मका लागि विस्तारित समय तोकिएको छ ।

यो समयमा विमानस्थल प्रयोग गरेवापत सम्बन्धित एयरलाइन्सहरूले प्रतिघण्टा ५० हजारका दरमा शुल्क तिर्नुपर्ने छ ।

गत पुष १० गतेदेखि यो व्यवस्था लागु भएको कार्यलयले बताएको छ । कार्यलयका अनुसार यदि विस्तारित समयको अन्तिम घण्टामा विमानस्थल प्रयोग गरिएमा पनि सुरूदेखिकै शुल्क लाग्नेछ ।

त्यस्तै पहिलो एक घण्टा पुरै एक घण्टाको दरमा शुल्क लाग्नेछ भने त्यसपछि जति मिनेट भएपनि आधा घण्टाको हिसाबले शुल्क लाग्नेछ । वायुसेवा कम्पनीहरूले भने विमानस्थल पूर्ण क्षमतामा नचलाएर शुल्क भार मात्र थुपारेको बताइरहेका छन् ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो