भारतबाट पुनर्बीमा व्यवसाय गर्न हिमालयन रिलाई बाटो खुल्यो

काठमाडौं । निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेको छ ।

योसँगै भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको निवेदनउपर आईआरडीएआईले यही माघ २ गते स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको छवि बनाउन सफल भएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समयअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्काशन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने