बचतकर्ताको रकम अपचलन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संचालक समितिका दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए । पक्राउ पर्नेमा सचिव पुरण रावल र सदस्य धिरेन्द्र बराल छन् ।

यसमा संलग्न अध्यक्षसहित समितिका सदस्यहरू भने अझै फरार छन् । प्रहरीले दुई जना माथिको अनुसन्धान सकाएर मुद्दा सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

हजारौं बचतकर्ताको करोडौं रकम अपचलन गरेको प्रहरीमा उजुरी छ । अझै पनि जाहेरी आउनेक्रममै रहेको प्रहरीले जनाएको छ । पीडितले पुरा सञ्चालक समितिविरूद्ध नै जाहेरी दिएको थियो ।

सरकारी वकिल कार्यालयले यसमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । यस सहकारीको केन्द्रीय कार्यालय सिनामंगल र शाखा कालिमाटी र पेप्सीकोलामा पनि छ ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल