नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिस गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजकत्वको समिति गठन गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य रहेका छन्।

बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएको दुई सातापछि सरकारले सिफारिस समिति गठन गरेको हो। हमालको कार्यकाल पुस २० मा सकिएको थियो।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला