डलरको भाउ घट्यो, विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ।

बिहीबार डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा थियो । आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा पाइन्छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रूपैयाँ १८ पैसा तोकिएको छ।

यता कतारी रियाल एकको खरिदमा आज ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर शुक्रबारको लागि ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ १३ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा भने ४३१ रूपैयाँ २१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने