मन्त्री राईले गरे सम्पत्ति विवरण सार्वजनिक, कति छ उनको सम्पत्ति ?

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले इलामको रोङ गाउँपालिका वडा नम्बर ४ र ६ का ५ ठाउँमा जग्गा देखाएका छन् । यसैगरी १० तोला सुन र ६२ हजार बैंक मौज्दात पनि रहेको उनले उल्लेख गरेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पुँजी रहेको उनको सम्पत्ती विवरणमा उल्लेख छ । उनले यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा र्फम पनि सञ्चालन गरिरहेका छन् ।

यसैगरी वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी, १० तोला सुन र २० तोला चाँदी रहेको विवरण पेश गरेका छन् । यसैगरी परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको मन्त्री उप्रेतीले उल्लेख गरेका छन् ।

यस्तै भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । उनीसँग ११ तोला सुन, १५ तोला चाँदी, १ लाख रुपैयाँ बैंक मौज्दात, अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन् ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल