बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बैँकिङ प्रणालीबाट २० अर्ब रूपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज बैँकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ तान्ने भएको हो । जसका लागि बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ ।

१४ दिने निक्षेप संकलन यस उपकरणको माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

माघ महिनामा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो । हिजो पनि राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बैँकिङ प्रणालीबाट तानेको थियो ।

यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैँकिङ प्रणालीबाट पैसा तानेको छ । जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रूपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रूपैयाँ तानेको थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने