फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको हो ।

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?