एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी

काठमाडौं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने जानकारी गराइन् ।

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोमा १५ दिनको सयय थपिएको थियो ।

आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । सेयर खरिद गरेकोभन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद भएको थियो ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह