हिमालयन रि’ले उचाल्यो शेयर बजार, २८ महिना यताकै उच्च कारोबार, लगानीकर्ता उत्साही

काठमाडौं । शेयर बजार परिसूचक नेप्से करेक्सन लगत्तै बढेकाले सही गति पक्डिएको भन्दै लगानीकर्ताहरु उत्साही भएका छन् । करेक्सन लगत्तै नेप्सेमा २८ महिनायता कै उच्च कारोबार भएसँगै लगानीकर्ता उत्साही भएका हुन् ।

बुधबार ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यो २०७८ भदौ २१ पछिको उच्च कारोबार हो । त्यस दिन ९ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको आँकडा छ ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष एवं शेयर लगानीकर्ता छोटेलाल रौनियारले करेक्सन लगत्तै शेयर बजारमा आएको सुधारले लगानीकर्ताहरु पूँजीबजारमा फर्किएको संकेत गरेको बताए ।

बीमापोष्टसँग उनले भने, ‘पूराना लगानीकर्ताहरु फर्किएका छन् भने केही नयाँ पनि थपिएका छन् ।’ उनका अनुसार बैंकको व्याज लगातार घटिरहेका कारण शेयरबजारमा लगानीकर्ताहरु फर्किन थालेका छन् ।

बैंकबाट कर्जा लिनेको संख्या बढेपनि ठूलो कर्जा लिनेहरु मौद्रीक नीतिको दोस्रो समीक्षा र बैंकको व्याजदर अझै सुध्रिने अवसर कुरिरहेको रौनियारले बताए । मौद्रीक नीतिको अर्को समीक्षाले लगानीकर्तालाई थप सहज पार्ने अपेक्षा आफुहरुले गरेको उनले बताए ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने