यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा कायम गरिएको छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०७ पैसा पाइन्छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९० पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४० पैसा तोकिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने