यति ब्रुअरी लिमिटेडले साधारण शेयर निष्कासन गर्दै

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौँमा रजिस्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।

यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

Related posts

समता घरेलु लघुवित्त संस्थाले सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा