राष्ट्रियस्तरका आठ विकास बैंकले कमाए दुई अर्ब १६ करोड, मुक्तिनाथलाई पछ्याउँदै गरिमा

काठमाडौं । राष्ट्रियस्तरमा सञ्चालित आठ ओटा विकास बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पाँच महिनामा दुई अर्ब १६ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार आठ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक छ । यो बैंकले मंसिर मसान्तसम्म ४५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, दोस्रो बढी नाफा गर्नेमा गरिमा विकास बैंक, तेस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । गरिमा विकास बैंकले ३८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

आठ राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, कामना सेवा विकास बैंकले १९ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांक छ । सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

Related posts

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी