नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने