ग्लोबल आइएमई क्यापिटलको सिईओमा मन्दिप लुइँटेल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् ।

क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

यसअघि लुइँटेल सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैङ्किङ प्रमुखको कार्यरत थिए । साढे ६ वर्षदेखि उनी सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका उनी भारतको पुनेबाट एमबिए गरेका छन् । उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् ।

लुइँटेलसँग भारतको मुम्बईस्थित आइसीआइसी बैङ्कमा डेढ वर्ष काम गरेको अनुभव पनि छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो