एनसिएचएल सिस्टमबाट एकै दिन ८४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस महिनाको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्स्योट गरेको छ । गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा सो रकम ७० प्रतिशतले बढी हो ।

एनसिएचएलका प्रणालीमध्ये एनसिएचएल–इसिसी, एनसिएसएल–आइपिएस र आरपिएसमार्फत एकै दिन क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्स्योट भएको कम्पनीले जनाएको छ ।

यसैगरी, पुस मसान्तको अन्तिम दिनमा एनसिएचएल–आइपिएस र आरपिएसमार्फत १.६ अर्ब रुपैयाँबराबरको राजस्व संकलन तथा ६.८ अर्ब रुपैयाँबराबरको सरकारी खर्चसम्बन्धी एक लाख २५ हजारभन्दा बढी कारोबार भएका छन्।

एनसिएचएलका भुक्तानी प्रणालीहरूमा डाइरेक्ट सदस्यका रूपमा ५३ बैंक तथा वित्तीय संस्था इनडाइरेक्टरटेक्निकल सदस्यका रूपमा सयभन्दा बढी गैरबैंकिङ संस्थाहरूले प्रयोग गर्दै आएका छन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने