साना किसान लघुवित्तद्वारा सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

कम्पनी सचिव अनिल जोशीले सभामा अध्यक्षको प्रस्ताव सभामा पारित गर्न प्रस्तुत गरेका थिए । लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरण गर्ने भएको छ ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि