फेरि बढ्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?