जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो ।

सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ ।

बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला