काठमाडौं महानगरको संस्थागत स्वमूल्यांकन : १०० मा ७८.५ अंक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को ‘संस्थागत स्वमूल्यांकन’ मा आफूले आफैंलाई ७८.५ अंक दिएको छ ।

२९ पुसमा बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरुको पूर्णाङ्‍क र प्राप्त अंक सम्बन्धी पेश गरेको विवरण अनुसार महानगरले ७८.५ अंक प्राप्त गरेको हो । महानगरको दोस्रो नगर सभामाले यो विवरणलाई अनुमोदन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/७९ मा ५७.२५ मा पुगेको थियो । आव ०७९/८० मा भने ७८.५ अंक प्राप्त गरी आफ्नो क्षमता सुधार भएको उल्लेख छ ।

०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ ।

संघीय मामिला मन्त्रालय अनुसार संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो ।

‘संस्थागत स्वमूल्यांकन’ रिपोर्टबाट आफैंले गरेको मूल्यांकनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुने महानगरको भनाइ छ ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल