एनएमबी बैंकको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल

काठमाडौं । एनएमबी बैंकको २८औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कटुवाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरिएको पनि सभामा जानकारी दिइएको छ । साथै, निर्वाचित सञ्चालकहरू समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो