प्रि-ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.४८ अंकले बढेर २०९३.४७ विन्दुमा आएको छ । 

यो सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ४९ कम्पनीको १२ हजार १२३ कित्ता सेयर कारोबार हुदाँ १७ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।

Related posts

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह

प्रि ओपन सेसनमा  ११ अंकले बढ्यो नेप्से

झिनो अंकले बढ्यो नेप्से