एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

कम्पनीले गत वर्ष भने १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह