अनेरास्ववियुद्वारा विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्ने माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने बताएको छ ।

संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा राख्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा नीजि लगानि बन्द गरिनुपर्ने बताएका हुन् ।

नीजि लगानीका विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएकोमा यसले निजि विद्यालयथप खोल्न प्रोत्साहन गरेको बताए ।

विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्छ भन्ने सुझाव रहेको बताए । कम्पनी एन अनुसार दर्ता भएका नीजि विद्यालयहरू सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने ब्यवस्था लागुगर्नुपर्ने बताए ।

विधेयकको प्रस्तावनामै त्रृटी भेटिएको भन्दै त्यसमा नै संशोधन गरिनुपर्ने बताए । शिक्षकको हकमा अहिलेको अवस्थामा नै शिक्षक पाउन गाह्रो भईरहेको अवस्थामा विधेयकमा उल्लेख भए अनुसार गरिए झन समस्या हुने बताए ।

परीक्षाको सन्दर्भमा समेत विद्यार्थीको मस्तिष्कसँग जोड्नुपर्ने बताए । सार्वजनिक क्षेत्रमा रहेकाहरूका छोराछोरीको हकमा अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था अनिवार्य रूपमा विधेयकमै राखिनुपर्ने अनेरास्ववियुको सुझाव रहेको छ ।

विद्यालय शिक्षाको पाठ्यक्रम मौलिकता झल्काउने खालको हुनुपर्ने बताए । ग्रामीण क्षेत्रमा कुल बजेटको २० प्रतिशत र सहरी क्षेत्रमा कुल बजेटको एक तिहाई बजेट अनिवार्य गरेर विधेयकमा नै राखिनुपर्ने बताए ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल