बयलकोटी जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा निर्वाचित

काठमाडौँ। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अधयक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । ५ औँ राष्ट्रिय महाअधिवेशनबाट बयलकोटी अध्यक्षमा निर्वाचित भएका हुन् । संघले नयाँ नेतृत्व सहित आफ्नो १० औँ वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ ।

संघले अध्यक्ष्मा बयलकोटी सहित नयाँ कार्यसमिति पनि आएको छ । सवै कार्यसमितिमा सर्वसम्मत चयन भएको निर्वाचन संयोजक शंकर खत्रिले जानकारी दिएका छन् । महासचिवमा शैलेन्द्र केसी छानिएका छन् ।

त्यस्तै, उपाध्यक्षहरुमा राम प्रसाद न्यौपाने, मिन बहादुर तामाङ्ग, सुरेन्द्र राम, हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा दिशवजित राई, सिताराम अधिकारी र रेगबहादुर कार्की रहेका छन् ।ल्बदष् िद्ययहक्ष्ःभ् दयह

कोषध्यक्षमा राजन भट्टराई निर्वाचित भएका छन् भने सह–कोषाअध्यक्षमा केशव अछामी सर्वसम्मत निर्वातित भएका हुन् ।

संघको सदस्यहरुमा रमीला केसी, गोवर्धन श्रेष्ठ, प्रविन गर्ग, शावीत्रा खत्री र दुर्गादत भट्ट निर्वाचित भएका हुन्।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत