चार बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

काठमाडौं । आर्थिक वर्ष २०७९ र८० को लागि हालसम्म चार वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये दुई वटा निर्जीवन बीमा रहेका छन् भने दुई वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

रिलायबल नेपाल लाइफ
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९र८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९र८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८।६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६।३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश ९करसहित९ रहेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९र८०का लागि लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९।७२ रुपैयाँको कुल १०।५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९।९७ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६।३१ रुपैयाँ बराबरको नगद लाभांश छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले भने साधारण सभा समेत सम्पन्न गरी प्रस्तावित लाभांश अनुमोदन गरिसकेको छ । सिटिजन लाइफले पनि लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस २६ गते ९पुस २७ गते शुक्रबार र पुस २८ गते शनिबार०सम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले सभा माघ १४ गते आयोजना गर्ने भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। रिलायबल नेपाल लाइफले भने बुक क्लोज मिति तय गरेको छैन् । त्यसकारण लाभांश घोषणा गरेका चार कम्पनीमध्ये अब दुई कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न