लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । सुस २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको सनराइज बैंकले जनाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र श्री दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह