नेपाल ल्यूब आयलद्वारा लाभांश घोषणा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७९र०८० को नाफाबाट सेयरधनीलाई बोनस सेयर २५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ। नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन् ।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको कम्पनीले जनाएको छ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला