नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।

बिहीबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?