कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कामना सेवा विकास बैंकले माघदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको छ।

बैंकले माघमा लागू हुने ब्याजदर सार्वजनिक गरेको हो। जसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशतमा झारिएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।
बैंकले माघमा निक्षेप बचत खाताको ब्याजदर पनि घटाउँदै न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ। पुसमा यस्ता खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतममा ७।६० प्रतिशतसम्म देखिएको थियो।

बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।

कामना सेवा विकास बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने