१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव छ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १५ दशमलब छ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मङ्सिर मसान्तमा आठ दशमलब नौ प्रतिशतले वृद्धि भई रु दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न