सेयर बजार झिनो अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८।९ विन्दुमा कायम भयो । नेप्से अघिल्लो दिनको तुलनामा ०।६२ अंक घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो ।

कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १र१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १।५ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ १।२, विकास बैंक ३८, फाइनान्स १६, होटल तथा पर्यटन ५७, जीवन बीमा ११४, उत्पादन २६ र निर्जीवन बीमा समूह ६४ अंक घटे । व्यापार ११, अन्य ३ र हाइड्रोपावर समूह ३९ अंक बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिडसोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ६० पैसा पुगेको छ ।

भूगोल इनर्जी, तमोर हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र मनकामना इन्जिनियरिङ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ४।९, मानुषी लघुवित्तको मूल्य ३।४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन बैंक संस्थापक, नेपाल रिइन्स्योरेन्स कम्पनी संस्थापक, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्नी र सानिमा मिडिल तमोर हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह