साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनससहित कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ०.७९ प्रतिशतका दरले २२ लाख ३९७ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने