नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ३० करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य अकंले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको छ ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले बढेर ३८४.१४ बिन्दुमा पुगेको छ ।

आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज चार उपसूचकमा सुधार आउँदा ९ उपसूचक राताम्य भएका छन् । बिहिबार हाइड्रोपावर समूहको १.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.८३ प्रतिशत, अन्य समूहको ०.२४ प्रतिशत र ब्यापार समूहको ०.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज हिमालयन बैंकको प्रोमोटरको २३ करोड ८५ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको १९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

हिमालयन बैंकको संस्थापक सेयरः २३ करोड ८५ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयरः १९ करोड ६० लाख रुपैयाँ,सोनापुर मिनरल्सः १६ करोड ८० लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १२ करोड ९९ लाख रुपैयाँ,सानिमा मिडिल तमोरः १० करोड १९ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः ९ करोड ६३ लाख रुपैयाँ,अरुण काबेली पावरः ८ करोड २४ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरः ७ करोड ९५ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ७ करोड ९३ लाख रुपैयाँ,निफ्राः ७ करोड ७८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न