कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याजदर दिएको छ । अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत र न्यूजतम ६.५० प्रतिशत मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५० प्रतिशत निर्धारण गरेको छ । यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षा अनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले अहिले ब्याजदर घटाउने निर्णयमा पुगेका हुन् । निक्षेपको ब्याजदर घट्दै जाँदा लागत कम पर्ने र यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत गर्नेछ । निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि घट्ने छ ।

Related posts

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी