आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ र ३० वर्ष वा सो भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने