अमेरिका पठाइदिने भनेर २३ लाख बढी ठगी गर्ने युवती पक्राउ

काठमाडौं । अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ भंगाल चपलीकी ३४ वर्षीया बेन्जु महत छिन् ।

उनले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै सुरुमा २३ लाख ५० हजार लिएको आरोप छ ।

२३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक